देश/प्रदेश

फूलबारी  –बङ्गलाबन्घु नाका पूर्ववत् सञ्चालनमा

Banner
भद्रपुर (झापा), साउन २६-
नेपाल, भारत र भुटानको त्रिदेशीय व्यापारीक नाका फूलबारी  –बङ्गलाबन्घु नाका खुलेकोे छ । नाका खुलाभएसँग बङ्गलादेशसँगको आयात निर्यात सहज भएको छ ।
पूर्वी नाका काँकरभिट्टामा रोकिएका मोलासिसका कन्टेनर बङ्गलादेश तर्फ  र बङ्गलादेशको नाकामा रोकिएका कन्टेनर नेपालतर्फ आएका नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काकरभिट्टाका प्रमुख सुवास पाण्डेयले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “ बङ्गलादेशमा अन्तरिम सरकार गठन भएसँगै यही साउन २३ गतेदेखि बङ्गलादेशसँगको आयात निर्यातमा सहज हुन थालेको छ । ”
कार्यालयका अनुसार गत आव २०८०/८१ मा रु ४६ करोड ३१ लाख ८९ हजार सामग्री बङ्गलादेश निर्यात हुँदा रु तीन अर्व ८३ करोड ६८ लाख २२ हजार बराबरको सामग्री आयात भएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>