देश/प्रदेश
सादा पोशाकको प्रहरी हुँ भन्दै रकम असुली, एक जना प्रकाउ
०

काठमाडौँ, साउन २४-
रौतहटबाट प्रहरी हुँ भन्दै रकम असुली गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सादा पोशाकको प्रहरी हुँ भन्दै रकम असुली गरेको आरोपमा रौतहटको माधवनारायण नगरपालिका-१ का २४ वर्षीय रमेश साहलाई प्रहरीले प्रकाउ गरेको हो ।
साहले आफू सादा पोशाकको प्रहरी भन्दै सर्वसधारणलाई धम्क्याउँदै रकम असुल गर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन् ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरको टोलीले चन्द्रनिगाहापुर नगरपालिका-९ डुमरिया चोकबाट मंगलबार राति पक्राउ साहले बोकेको झोलाबाट सशस्त्र प्रहरी बलको पोशाक समेत बरामद भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























