देश/प्रदेश

यूएईमा नेपालीले रक्सी खाएर झगडा गर्ने प्रवृत्ति बढ्दो, सभ्य बन्न दूतावासको आग्रह

Banner

काठमाडौं, साउन २४-

संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपालीहरुले मादक पदार्थ सेवन गरेर झगडा गर्ने प्रवृत्ति बढ्न थालेको भन्दै अबुधाबीस्थित नेपाली राजदूतावासले ध्यानाकर्षण गराएको छ ।

दू्तावासले साउन २२ गते सूचना जारी गरेर त्यहाँ रहेका नेपालीलाई आफू बसेको र काम गर्ने ठाउँमा सभ्य व्यवहार गर्न आग्रह गरेको छ । यूएईका ‘सम्बन्धित निकाय’ले नेपालीहरुले मादक पदार्थ सेवन गरेर होहल्ला गरेको सूचना दूतावासलाई दिएको जनाएको छ ।

राजदूतावास यसअघि पनि दूतावास परिसरबाहिर मादक पदार्थ सेवन गरेर हुलहुज्जत गर्ने, अराजक व्यवहार गर्ने, दूतावासको सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथि समेत अपशब्द प्रयोग गर्ने काम भएको बताएको छ ।

दूतावासका सुरक्षाकर्मीलाई अपदशब्द प्रयोग गर्ने गरेको यूएई सरकारका तर्फबाट डयुटीमा खटिएका सुरक्षाकर्मीका सूचनाका आधारमा यूएई प्रहरीले कारबाही गरेको समेत दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>