अन्तर्राष्ट्रिय
मलेसियामा सरकारी जग्गा अतिक्रमणमा तीन नेपालीसहित ४८ जना पक्राउ
०

कुआन्टान,साउन २३-
मलेसियामा डुरियन (कटहर जस्तो एक फल) खेतीको लागि सरकारी जग्गा अतिक्रमण गरेको आरोपमा तीन नेपालीसहित ४८ जना पक्राउ परेका छन् ।
उनीहरूलाई पछि धरौटीमा रिहा गरिएको जनाइएको छ ।
मलेसियाको राउब भन्ने स्थानमा पचाङ स्टेट एग्रिकल्चरल डेभलपमेन्ट कर्पोरेसनको जग्गा समेत प्रयोग गरेर सो खेती गरेको जनाइएको छ । पक्राउ पर्नेमा मुसाङ किङ डुरियन प्लान्टेसनका मालिक र कामदार हुन् ।
पाचाङ प्रहरी प्रमुख दातुक सेरी याहाया ओथम्यानका अनुसार पक्राउ पर्नेहरू २० देखि ६७ वर्ष उमेरका छन् । जसमा तीन नेपाली, १२ इन्डोनेसियाली, सात म्यान्मारका र दुई बंगलादेशी भएकोे जनाइएको छ ।
सो प्रकरण स्थानीय अदालतमा पनि गएको र अदालतले त्यस्तो अतिक्रमण रोक्न आदेश दिएको छ । एजेन्सी
फाइल तस्बिर
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























