देश/प्रदेश

सिकार गर्न गएका युवकको गोली लागेर मृत्यु, धानबारीमा लुकेको अवस्थामा दुईजना पक्राउ

Banner

धनगढी, साउन २०-

जंगली जनावर सिकार गर्न गएका युवकको गोली लागेर मृत्यु भएको छ। डोटीको पूर्वीचौकी गाउँपालिका-६ गाँजरीस्थित घोत्नेगडा सामुदायिक वनमा हिजो (शुक्रबार) बिहान सिकार गर्न गएका ३० वर्षीय अमर थापाको गोली लागेर मृत्यु भएको हो। थापासँगै अरू दुइजना पनि शिकार खेल्न जंगल गएका थिए।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक विष्णुहरि कोइरालाका अनुसार पूर्वीचौकी गाउँपालिका-६ का ३३ वर्षीय रामबहादुर साउद, ४२ वर्षीय दिल्लीबहादुर साउद र मृतक अमर थापासँगै शिकार खेल्न जंगल गएका हुन् । तर, सँगै शिकार खेल्न जंगल गएका तीन जनामध्य अमरको गोली लागेर मृत्यु भएपछि प्रहरीले रामबहादुर र दिल्लीबहादुरलाई प्रकाउ गरेको छ । धानबारीमा लुकेको अवस्थामा शुक्रबार राती करिब १० बजेतिर डोटीको नारीदाङबाट उनीहरूलाई पक्राउ गरिएको एसपी कोइरालाले जानकारी दिए।

प्रहरी उपरीक्षक कोइरालाका अनुसार गोली लागेपछि अमरको घटनास्थलमै मृत्यु भएको थियो ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>