देश/प्रदेश

यान्त्रिक अवस्था ठीक नभएका ४२ सवारीसाधन कारबाहीमा

Banner

काठमाडौँ, साउन १९-

यान्त्रिक अवस्था ठीक नभएका गाडी चलाउने ४२ जना कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यकामा यान्त्रिक अवस्था ठीक नराखी गाडी चलाउने ४२ जना कारबाहीमा परेका हुन् ।

हिजो (शुक्रबार) उपत्यकाको सातदोबाटोमा गरिएको सवारीसाधन विशेष जाँचका क्रममा अवस्था ठीक नभएका सवारीसाधन चलाउने ४२ जनालाई ट्राफिक प्रहरीले कारबाही गरेको हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले ६८ वटा सवारीसाधन जाँच गर्दा हेण्डब्रेक नलाग्ने, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएकालगायत यान्त्रिक अवस्था ठीक नभएका ४२ वटा सवारीसाधन फेला पारेकाले उनीहरूलाई कारबाही गरिएको जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>