देश/प्रदेश
मनहरी गाउँपालिका ५० वर्षीय वडाध्यक्षले उत्तिर्ण गरे १२ कक्षा

मकवानपुर, साउन १८-
शिवप्रसाद खनालले ५० वर्षको उमेरमा कक्षा १२ पास गरेका छन् । एसएलसी उत्तीर्णपश्चात् लामो समय पढाइलाई विश्राम दिएका ५० वर्षीय खनालले आज (शुक्रवार) प्रकाशित परीक्षा अनुसार २.४१ जिपिए ल्याएर कक्षा १२ पास गरेका हुन् । उनले गत वर्ष ११ को परीक्षा दिएका थिए ।
खनालले मकवानपुरको मनहरी गाउँपालिका १ नम्बर वडा अध्यक्ष समेत रहेका छन् । आफ्नै वडामा रहेको बाल जीवन ज्योति माविको व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारी समेत सम्हालेपछि उनी कक्षा ११ मा भर्ना भएका थिए ।
वडा अध्यक्ष खनालले खुसी हुँदै भने, ‘१२ कक्षा पनि पास गरेँ । अब कसैले सोध्दा प्लस टु पास गरेको छु भन्न सक्छु, पढ्ने रहरलाई उमेरले छेक्दैन रहेछ भन्ने बुझेको छु । मैले रहरसँगै मेहनत पनि गरेँ । आज सफल भएको छु धेरै खुसी लागेको छ । ‘ खनाल मनहरिको १ नम्बर वडामा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । वडा अध्यक्षको जिम्मेवारी अझै ३ वर्ष बाँकी छ । स्रोतः नागरिक दैनिक
























