देश/प्रदेश
राष्ट्रपतिबाट आममाफी पाएका अरुण चौधरी बने पर्यटन राज्यमन्त्री

कैलाली, साउन १८-
नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी राज्यमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपतिबाट आममाफी पाएर फागुन ७, २०७९ मा कैलाली कारागारबाट रिहा भएका सांसद चौधरी राज्यमन्त्रीमा नियुक्त भएका हुन् । आज सांसद चौधरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नियुक्त गरेका हुन् ।
मन्त्रिपरिषद्को सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसका अवसरमा भुक्तान हुन बाँकी कैद सजाय मिनाहा गरेकी थिइन् ।
२०६६ भदौ ३ गते बन्दको अवज्ञा गरेको भन्दै ट«याक्टर जलाएको आरोपमा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जनामाथि ६ महिना कैद र ८ लाख १९ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो ।
उनी नागरिक उन्मुक्ति पार्टीबाट कैलाली प्रतिनिधि सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका हुन् ।

























