देश/प्रदेश
अदालतमा बयान फेरेपछि पेश गरिएका पोखराका दुई साक्षीविरुद्ध मुद्दा दर्ता
०

काठमाडौँ, साउन १८-
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अदालतमा गएर बयान फेरेको आरोपमा आयोगले दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
रंगेहात घुसको मुद्दामा अदालतमा साक्षीको रुपमा पेश गरिएका पोखराका केशरीप्रसाद तिवारी र उर्मिला पौडेलमाथि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले २० बैशाख, २०८१ मा पोखरा महानगरपालिकाका दुई इञ्जिनियर सहित ३ जनामाथि घुस लेनदेन गरेको आरोपमा भ्रष्टाचारमुद्दा दायर गरेको थियो । अख्तियारले महानगरको नक्सा शाखामा कार्यरत सब–इञ्जिनियर उषाकिरण रोकाया, इञ्जिनियर शिवप्रसाद बराल र गोदार कन्सल्टेन्सीका सुरज कुँवर विरुद्ध मुद्दा दायर गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























