देश/प्रदेश
अरिङ्गालले टोकेर युवकको मृत्यु
०

गुल्मी, साउन १८-
गुल्मीमा अरिङ्गालले टोकेर एक युवकको मृत्यु भएको छ । अरिङ्गालले टोकेर रुरुक्षेत्र गाउँपालिका‐२ यादुङका ३५ वर्षीय हरि कुँवरको आज मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार केसीका अनुसार बिहीबार राति घर नजिकै बारीको छेउमा सालको रुखमा रहेको अरिङ्गालको गोलो पोल्ने क्रममा कुँवरलाई टोकेको हो ।
अरिङ्गालले टोकेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि पाल्पास्थित मिसन अस्पताल लगिएको थियोे । उनको उपचारको क्रममा आज मृत्यु भएको प्रहरी निरीक्षक केसीले बताउनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























