देश/प्रदेश

रुखबाट लडेर घाइते भएका रोकायको दुईदिनपछि हेलिकप्टरमार्फत् उद्धार

Banner

जाजरकोट, साउन १८-

जाजरकोटमा रुखबाट लडेर घाइते भएका एकजनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । रुखबाट लडेर घाइते भएका कुशे गाउँपालिका ८ बस्ने ६० वर्षीय प्रेम बहादुर रोकायको २ दिन पछि हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पठाइएको हो।

जंगलमा दाउरा काट्ने क्रममा २ दिन अघि रुखबाट लडेर रोकाय घाईते भएका थिए। उनको उपचार सम्भव नभएपछि नेपाल प्रहरीको टोलीले उद्धार गरेर थप उपचारको लागि हेलिकप्टरमार्फत प्रादेशिक अस्पताल सुर्खेत पठाएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>