घटना -दुर्घटना
एकैवर्ष यूएईमा २३१ नेपालीले गुमाए ज्यान
०

काठमाडौं, साउन १७-
युनाइटेड अरब इमिरेट्स (यूएई)मा पछिल्लो एक वर्षको अवधिमा २३१ नेपालीको मृत्यु भएको छ । उनीहरू सबै वैदेशिक रोजगारीका सिलसिलामा यूएई गएकाहरू हुन् ।
गत आर्थिक वर्ष २०८०/८१ मा विविध कारणले उनीहरूको मृत्यु भएको यूएईस्थित नेपाली दूतावासले जानकारी गराएको छ ।
मृत्यु भएका नेपालीका परिवारलाई क्षतिपूर्ति तथा बिमाबापत प्राप्त लगभग १२ करोड ५५ लाख रुपैयाँ (३४ लाख ४६ हजार ५०० यूएई दिराम) दूतावासले पठाएको छ ।
गएको असारमा मात्र यूएईमा ३२ नेपालीको मृत्यु भएको दूतावासले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगारीका क्रममा यूएईमा १६७ नेपालीले ज्यान गुमाएका थिए ।
विभिन्न देशमा वैदेशिक रोजगारीमा गएका मध्ये २०८०/८१ मा एक हजार ३५५ नेपालीको मृत्यु भएको थियो । वैदेशिक रोजगारीका क्रममा मृत्युमध्ये १७ प्रतिशतभन्दा बढी यूएईमा भएको तथ्यांक छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























