देश/प्रदेश

घरको सिँढीबाट लडेर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु

Banner

दाङ, साउन १७-

दाङमा घरको सिँढीबाट लडेर महिलाको मृत्यु भएको छ। सल्यान जिल्लाको कपुरकोट गाउँपालिका–३ घर भई हाल तुलसीपुर उपमहानगरपालिका – ५ (ङ) लाइनमा बस्दै आएकी ४२ वर्षीया तिला परियारको सिँढीबाट लडेर घाइते भएकी थिइन ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार परियारलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालबाट थप उपचारको लागि उनलाई बाँकेस्थित मेडिकल कलेज कोहलपुरका लागि रिफर गरिएको थियो। तर, आफन्तले उनलाई बिहान साढे ११ बजे अस्पताल पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको हो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>