देश/प्रदेश

नेपालमा भारतीय टेलिभिजन च्यानलको प्रशारण रोकियो

Banner

काठमाडौँ, साउन १६-

नेपालमा ४ वटा भारतीय टेलिभिजन च्यानलहरुको प्रशारण रोकिएको छ । स्टार, जी, सोनी र कलर्स टेलिभिजनको प्रशारण रोकिएको हो ।

च्यानल प्रशारक र वितरकबीचको वित्तीय समस्याका कारण हाल उक्त च्यानलहरु उपलब्ध नरहेको सेवा प्रदायकहरुले जनाएका छन् । सेवा प्रयोगबापत गर्नुपर्ने भुक्तानीका लागि नेपाल राष्ट्र बैंकले सटही सुविधा उपलब्ध नगराएकाले यो समस्या निम्तिएको एक सेवा प्रदायकले जानकारी दिए ।

सेवा प्रदायकहरुले ग्राहकलाई एसएमएस पठाउँदै सेवा उपलब्ध नभएकोबारे जानकारी गराएका छन् ।

जसमध्ये एक सुबिसुले एक सूचनामार्फत भनेका छन्, ‘च्यानल प्रसारक र वितरकबीचको वित्तीय समस्याका कारण स्टार, जी, सोनी र कलर्स च्यानलहरुक हाल उपलब्ध छैनन् । हामी यस समस्यालाई सकेसम्म छिटो समाधान गर्न निरन्तर प्रयासरत छौँ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>