देश/प्रदेश

टेक्सासमा नेपाली दीपक ओलीको हत्याराको खोजी जारी

Banner

काठमाडौँ, साउन १७-

अमेरिकाको टेक्सासमा नेपाली दीपक ओलीको हत्यामा संलग्नका बारेमा अहिलेसम्म केही सार्वजनिक भएको छैन ।

टेक्सासको म्याकलेनान काउन्टीमा गएको आइतबार बिहान एक स्टोरमा गोली हानी रुकुम बाफीकोटको ३० वर्षका दीपक ओलीको हत्या भएको थियो ।

उक्त हत्याकाण्डका विषयमा म्याकलेनन काउन्टी सेरिफ कार्यालयको आपराधिक अनुसन्धान डिभिजनले अनुसन्धान गरिरहेको जनाइएको छ । दुई व्यक्ति आएर एक्कासि दीपकमाथि गोली हानिएको यसअघि सीसीटीभी फुटेजलाई उद्धृत गर्दै जनाइएको थियो ।

स्थानीय सेरिफ कार्यालयका अधिकारी पार्नेल म्यानामाराले उक्त अविवेकी हिंसाले आफूहरू चिन्तित भएको र कठिन समयमा पीडितका परिवारप्रति प्रार्थना रहेको जनाएका छन् । उनले अनुसन्धानका निम्ति आफूले सबै उपलब्ध साधनको प्रयोग गरेको र अपराधीलाई न्यायको कठघरामा ल्याउन प्रतिबद्ध भएको जनाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>