देश/प्रदेश

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको भाउ

Banner

काठमाडौं, साउन १७-

आज (बिहीबार) देखि लागू हुने गरी सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार नेपाल आयल निगमले बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको हो।

निगमले पेट्रोलमा प्रतिलिटर एक रूपैयाँ र डिजेल तथा मट्टीतेलमा दुई रूपैयाँ घटाएको छ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>