देश/प्रदेश

यूएईमा जेल परेका भुवन गत बिहीबार नेपाल फर्कदा पहलमान आज फर्किए

Banner

काठमाडौं, साउन १६-

धादिङका पहलमान थापा मगर नेपाल फर्किएका छन् । साथीको हत्या अभियोगमा संयुक्त अरब इमिरेट्स यूएईमा ५ वर्ष जेल परेका नेत्रवती गाउँपालिका-४ का पहलमान आज (बुधबार) बिहान नेपाल फर्किएका हुन् ।

पहलमानले सारजाह जेलमा कैदी जीवन बिताइरहेका थिए । मध्यविन्दु नगरपालिका-११ नवलपुरका बाबुराम आलेमगरको हत्या आरोपमा पक्राउ परि पहलमानलाई सन् २०१९ को जुन ३ मा जेल चलान गरिएको थियो ।

सोही हत्या आरोपमा पहलमानसहित चिसंखुगढी-३ ओखलढुंगाका भुवन श्रेष्ठ पनि संलग्न भएको भन्दै यूएईको उपल्लो अदालतले आजीवन काराबाससँगै ब्लडमनी बुझाउनुपर्ने फैसला गरेको थियो । तर, गत बिहीबार श्रेष्ठ नेपाल फर्किए पनि पहलमान पासपोर्टको म्याद सकिएकाले आज मात्रै नेपाल फर्केका हुन् ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>