देश/प्रदेश
खोलाले बगाउँदा दाईको मृत्यु, भाई पौडेर बाच्न सफल
०

दाङ, साउन १६-
दाङको शान्तिनगर गाउँपालिका–४ को चिराघाटको खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ। आफन्तकोबाट फर्किंदा गर्दौ खोलाले बगाएर तुलसीपुर उपहानगरपालिका–२ झारगाउँका ६७ वर्षीय तेजबहादुर भण्डारीको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार दाजुभाइले बुधबार दिउँसो साढे १२ बजेतिर चिराघाट खोला तर्ने क्रममा बाढीले बगाएको थियो। तर, ६४ वर्षीय भाइ चेतबहादुर भण्डारीले भने पौडिएर ज्यान जोगाएका छन् । तेजबहादुरको शव बगेको ठाउँभन्दा एक किलोमिटर दक्षिणमा फेला परेको थियो। शव पोष्टमर्टमका लागि तुलसीपुरस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ ।
दाई तेजबहादुर र भाई चेतबहादुर झारगाउँबाट शान्तिनगर – ४ गिदनियामा आफन्तको घरमा भेटघाट गरी फर्किंदै थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























