देश/प्रदेश
पार्किङ गरिएको बसमा युवकको शव फेला
०

काठमाडौं, साउन १६-
पार्किङ गरेर राखेको बसमा युवकको शव भेटिएको छ । गोंगबुस्थित नयाँ बसपार्कमा पार्किङ गरी राखेको बा. २ ख २३४४ नम्बरको बसमा युवकको शव भेटिएको हो ।
सुनसरीको इटहरी घर भएका ३७ वर्षीय प्रल्हाद अधिकारीको शव भेटिएको काठमाडौं प्रहरी परिसर प्रवक्ता नवराज अधिकारीले जनाएको छ । अधिकारीको केही दिनअघि नै मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको उनले सुनाए । शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























