देश/प्रदेश

प्रहरी हिरासतमा रहेका युवाको मृत्यु

Banner

काठमाडौं, साउन १६-

झापाको हिरासतमा रहेका एक जना युवाको मृत्यु भएको छ। लागु औषध खैरो हेरोइनसहित पक्राउ परेका मेचीनगर नगरपालिका वडा नम्बर ७ पालियाका २८ वर्षीय झकबहादुर खड्काको इलाका प्रहरी कार्यालय काँकडभिट्टाको हिरासतमा मृत्यु भएको हो ।

खड्का गए राति १ः४० बजे बिरामी परेका थिए। स्वास्थ्यमा समस्या देखिएपछि प्रहरीले उनलाई आम्दा अस्पताल धुलाबारीमा लगेको थियो।

जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्ण चन्दका अनुसार उपचारका क्रममा खड्काको मृत्यु भएको हो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>