गोरखा
अरिङ्गालको गोला चोरी भएपछि वडामा उजुरी
०

गोरखा, साउन १६-
गोरखामा अरिङ्गालको गोला चोरी भएपछि वडा कार्यालयमा उजुरी परेको छ। घरको सिलिङमा रहेको अरिङ्गालको गोला चोरी भएपछि वडा कार्यालयमा उजुरी परेको हो । शहिदलखन गाउँपालिका वडा नम्बर ७ मा अरिङ्गालको गोलामा आगो लगाएर चोरी गरेको भन्दै यसमा संलग्नहरूको खोजी गरी कारबाही माग गर्दै उजुरी परेको छ।
वडा सदस्यसमेत रहेका डिलबहादुर गरन्जाको घरमा गत साउन ९ गते राति करिब १ः३० बजे आगो लगाएर अरिङ्गालको गोला चोरी भएको थियो। वडाध्यक्ष शरण श्रेष्ठका अनुसार खाब्दीभन्ज्याङस्थित घरको सिलिङमा रहेको अरिङ्गाल गोला आगो लगाएर चोरी परेको भन्दै वडा सदस्य गरन्जाबाट कार्यालयमा उजुरी प्राप्त भएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























