देश/प्रदेश

लायन्स कर्पोरेट सोसियल अवार्ड हुने

Banner

काठमाडौँ, साउन १५–

लायन्स क्लब अफ काठमाडौँ कर्पोरेटले विगतका वर्षझै यसवर्ष पनि लायन्स कर्पोरेट सोसियल अवार्ड आयोजना गर्ने भएको छ ।

क्लवका अध्यक्ष लायन रमेश प्रसाद रुपाखेतीले मंगलबार एक विज्ञप्ती जारी गर्दै यही साउन १९ गते शनिबार अवार्ड गर्न लागिएको जानकारी दिएका हुन् । अवार्ड कार्यक्रम विहान ११ः३० बजेदेखि एलिस कन्फीरेन्स, पुलचोक ललितपुरमा हुने अध्यक्ष रुपाखेतीले जानकारी दिए । समाजमा विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गर्ने उद्देश्यले यस अवार्ड आयोजना गरिएको क्लवका निवर्तमान अध्यक्ष लायन किशोर भट्टराईले जानकारी दिए ।

यो अवार्ड चौंथो ऋंखलाको रुपमा आयोजना गर्न लागिएको हो । देशमा केही भएन भन्ने व्याप्त निराशाले पुरा समाजलाई गाँजिरहेको बेला यही भित्र भएका सकरात्मक कामलाई प्रोत्साहन गर्ने लायन्स क्लवको उद्देश्य रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>