देश/प्रदेश

‘भाषाको संवर्द्धनमा नेपाली डायस्पोराको भूमिका महत्वपूर्ण’

Banner
वाशिङ्गटन डिसी, साउन १४ –
नेपाली भाषा र साहित्यको क्षेत्रमा नेपाली डायस्पोराको भूमिका महत्वपूर्ण हुने आइतबार यहाँ आयोजित एक कार्यक्रमका सहभागीहरुले बताउनुभएको छ ।
मेरिल्यान्डमा अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले आयोजना गरेको अन्तरक्रियाका सहभागीहरुले विश्वभर छरिएर बसेका नेपालीसँगै  भाषा र साहित्य पनि ती भूगोलमा पुगेकाले नेपाली भाषीको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभएको थियो ।
मेरिल्यान्ड राज्यका विधायक डा हयारी भण्डारीले साहित्य सृजनाले राजनीतिक ‘डिस्कोर्स’ सृजना गर्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले नेपाली भाषाको संरक्षण र संवद्र्धन गर्न पाठकको रुचिअनुसार कृति सृजना गर्नुपर्छ ।” कार्यक्रममा अन्तर्राष्ट्रिय बोर्ड अफ ट्रष्टीका पूर्वअध्यक्ष डा श्याम कार्कीले प्रवासी नेपालीले नेपाली भाषा र साहित्यको संवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो ।
अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष गोवद्र्धन पूजाको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा अनेसासका बोर्ड अफ ट्रष्टीका अध्यक्ष पदम विश्वकर्मा, संस्थापक अध्यक्ष होमनाथ सुवेदी, नवनिर्वाचित अध्यक्ष सर्वज्ञ वाग्ले, साहित्यकार तीर्थ पाण्डेय, पत्रकार मधुकर अधिकारी, प्रकाश नेपाल, नारायण अधिकारी, राजेन्द्र श्रेष्ठ, विमला निरौलालगायतले नेपाली डायस्पोराको भूमिकाबारे चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा डा श्याम कार्कीलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड र होमनाथ सुवेदीलाई डायस्पोरा धु्रवतारा अवार्डले सम्मानित गरिएको थियो ।
उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासको हालै सम्पन्न निर्वाचनमा निर्वाचित सर्वज्ञ वाग्लेको अध्यक्षतामा गठन भएको कार्यसमितिलाई निर्वाचन समितिका संयोजक गुणराज लुइँटेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । समितिको वरिष्ठ उपाध्यक्षमा लालगोपाल सुवेदी, महासचिव राजु सिटौला, उपाध्यक्षमा सुदीपभद्र खनाल र कोषाध्यक्षमा तारा अधिकारी निर्वाचित हुनुभएको छ । समितिको कार्यकाल दुई वर्ष रहनेछ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>