देश/प्रदेश
प्रधानमन्त्रीसहित नेताको नाममा अनुष्ठान गरेको आरोपमा धार्मिक अभियन्ता पुष्कर खतिवडा पक्राउ
०

काठमाडौं, साउन १४-
धार्मिक अभियन्ता पुष्कर खतिवडा पक्राउ परेका छन् । आफूलाई ‘धर्मगुरू’ बताउँदै आएका पुष्करलाई प्रहरीले धुम्बाराहीस्थित मण्डिखाटारबाट प्रकाउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेका अनुसार घरबाटै पक्राउ परेका खतिवडालाई अहिले महाराजगञ्ज प्रहरी वृत्तमा राखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूको नाममा अनुष्ठान गरेको आरोपमा पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेको छ। केही दिनअघि खतिवडाले फेसबुकमा भिडिओ राख्दै अनुष्ठान गर्ने बताएका थिए। देशमा खाल्डोमा हाल्ने नेताहरू छन्, उनीहरूको फोटोसहित राखेर यमराजको पूजा गर्ने निर्णय गरेको छु,’ उनले भनेका थिए। यसपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























