देश/प्रदेश

वर्षाले घर भत्किँदा किशोरी घाइते

०
Banner

सुर्खेत, साउन १३

सुर्खेतको वीरेन्द्रनगरमा घर भत्किँदा एक किशोरी घाइते भएकी छन्। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पर्ने वीरेनद्रनगर नगरपालिका–१३ मा वर्षातका कारण घर भत्किँदा एक किशोरी घाइते भएकी हुन् ।

वर्षातका कारण घर भत्किँदा स्थानीय खम्म बुढाकी अन्दाजी १५ वर्षीया छोरी सुशीला च्यापिएकी थिइन् । घर भत्किएर बालिका च्यापिएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सुशीलाको घाइते अवस्थामा उद्धार गरेको छ ।

उनलाई उपचारका लागि प्रदेश अस्पताल पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>