देश/प्रदेश
सानी आमाको घर जाँदा पौडी खेल्न गएका बालक विवशको डुबेर मृत्यु, बिप्रन बेपत्ता
०

बुटवल, साउन १२-
तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । बुटवलको तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु हुँदा एक बालक बेपत्ता भएका छन्।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक बिजयराज पण्डितका अनुुसार नदीमा पौडी खेल्ने क्रममा शुक्रबार बगेका बागलुङको बरेङका १२ वर्षीय विवश खत्रीको शव पौडी खेलेको स्थान भन्दा केही तल नदी छेउमा भेटिएको हो ।
आफ्नी आमासँग बुटवल उपमहानगरपालिका-११ श्रृजनानगर सानी आमाको घर आएका विवश र सैनामैना नगरपालिका बस्ने ८ वर्षीय बिप्रन पाण्डे पौडी खेल्ने क्रममा तिनाउ नदीमा बेपत्ता भएका थिए। दुवै बालक दिदी बहिनीका छोराहरु हुन्।
यस्तै पौडी खेल्न गएका ३ जनामध्ये दुई जनालाई नदीले बगाएको देखेपछि सँगै गएका अर्का बालकले आफन्तलाई खवर गरेका थिए।