देश/प्रदेश
कक्षा १२ नतिजा आगामी साता सार्वजनिक हुने
०

काठमाडौँ, साउन ११-
आगामी साता कक्षा १२ को नतिजा सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ । हाल म्याचिङ र प्रोसेसिङको काम भइरहेको बोर्डले जनाएको छ ।
परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने ‘साउन तेस्रो हप्ताभित्र सार्वजनिक गर्ने हाम्रो तयारी छ । त्यही अनुसार काम भइरहेको छ ।’
कक्षा १२ को परीक्षा गत वैशाखमा भएको थियो । परीक्षामा चार लाख ९६ हजार विद्यार्थी सहभागी भएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























