जाजरकोट
जाजरकोटमा भूकम्प पीडित बसेको अस्थायी टहरामा पहिरो, चार जना घाइते
०

सुर्खेत, साउन २-
भूकम्प पीडित बसेको टहरामा पहिरो खस्दा चार जना घाइते भएका छन्। जाजरकोटमा पीडित बसेको अस्थायी टहरामाथि पहिरो खस्दा चार जना घाइते भएका हुन् ।
जाजरकोटका प्रहरी प्रमुख डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार गएराति ८ बजे कुशे गाउँपालिका–८ दल्लेनाका दलसरी थापा र विष्णु थापाको अस्थायी टहरामा माथिबाट पहिरो खसेको थियो । पहिरोमा सोही ठाउँका २९ वर्षीया कमला थापा, ३५ वर्षीया दलसरी थापा, उनकी ४ वर्षीया छोरी हस्तिका र १७ वर्षीया छोरी निरमाया घाइते भएका हुन्।
हस्तिकालाई पहिरोमा पुरिएर बेहोस अवस्थामा बाहिर निकालिएको डिएसपी पाण्डेले बताए। घाइतेको उद्धारका लागि सुर्खेतबाट हेलिकप्टर पठाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























