जाजरकोट

पहिरोले जाजरकोट-डोल्पा सडक अवरुद्ध

Banner

सुर्खेत, असार १२-

पहिरोले जाजरकोट-डोल्पा सडक अवरुद्ध भएको छ।

बुधबार बिहान जाजरकोटको भेरी नगरपालिका-३ रिम्ना नजिक पहिरो जाँदा डोल्पा सडकको खलंगा-रिम्ना खण्ड अवरुद्ध भएको हो।

जाजरकोटका प्रहरी प्रमुख डिएसपी पुरुषोत्तम प्रसाद सापकोटाका अनुसार बिहान सवा ६ बजेतिर पहिरो खसेको हो।पहिरो खसेपछि बिहानदेखि सवारी आवागमन ठप्प भएको उनले जानकारी दिए। पहिरो पन्छाउन पहल भइरहेको उनले बताए।

‘पहिरो ठूलो खसेको छ, सानो मेसिनले काम गरिरहेको छ,’ सापकोटाले भने, ‘माथीबाट ढुंगाहरु पनि खसिरहेकाले यसलाई पन्छाउन ठूलो मेसिन चाहिन्छ, पहल भइरहेको छ।’

सडक कति समयमा खुल्छ भन्ने निश्चित नभएको उनले बताए। फाइल तस्बिर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>