अपराध

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन, २ जना पक्राउ

Banner

काठमाडौं जेठ २-

भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

दैलेखको नारायण नगरपालिका-९ घर भई हाल काठमाडौ्को तार्केश्वरमा बस्‍ने २४ वर्षीय राकेश सुनार भन्‍ने गोपाल सुनार र गोरखाको पालुङटार-८ घर भई हाल टोखा नगरपालिका-६ बस्‍ने आयुष भन्‍ने २५ वर्षीय आकाश बाबु विक पक्राउ परेका हुन् ।

अपराध अनुसन्धान कार्यालयको टोलीले गोपाल र आयुषलाई बौद्धबाट पक्राउ परेको हो । पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि मावन बेचबिखन अनुसन्धान व्यूरो बबरमहल पठाइएको प्रहरीले जनाएको छ ।

उनीहरूले बेरोजगार महिलाहरुलाई दुबईमा रहेको कम्पनीमा आकर्षक तलबको प्रलोभनमा पारी भिजिट भिसामा दुबई लगी प्रलोभनमा पारेर कुवेत पुर्‍याई मानव बेचविखन गरेको प्रहरीको आरोप छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>