चितवन विशेष
नारायणीमा बगेर सुस्ता पुगेको गैंडा फर्काउन दुई हात्तीसहित २५ जना परिचालन

नवलपरासी, असोज १३—
नारायणी नदीको बाढीमा बगेर पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा पुगेको गैंडाका फर्काउन चितवन राष्ट्रिय निकुञ्जले २५ जनाको टोली परिचालन गरेको छ ।
मंगलबार दिउँसो सुस्ता गाउँपालिका(४ को नरसही गाउँमा गैंडा चर्दै गरेको सूचनाका आधारमा संरक्षण अधिकृत मधु नेपालीको नेतृत्वमा २ वटा हात्तीसहित २५ जनाको टोली खटिएको हो । निकुञ्जको पश्चिम सेक्टर अमलटारीकी प्रमुख रहेकी नेपालीको टोली अहिले नरसही गाउँ पुगेको छ ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापाका अनुसार उक्त टोलीमा गैंडा बेहोस पार्ने प्राविधिकको समूह पनि छ । हात्तीलाई डार्ट ९बेहोस० बनाएर ट्रकमा ल्याउने तयारी रहेको उनले बताए । चितवन निकुञ्जको गैंडाको नारायणीको भेलमा बगेर सुस्ता पुगेको हो । ‘गैंडा मज्जाले पौडिन सक्छ, भेलमा बगेर सुस्ता पुगेको जानकारीका आधारमा अहिले प्राविधिक जनशक्ति र सुरक्षाकर्मीको टोली नरसही पुगेको छ,थापा मगरले भने।
त्रिवेणीधामस्थित नारायणी नदीमाथि बनाइएको गण्डक ब्यारेजको भेल समेत कटेर गैंडा करिब ७ किलोमिटर दक्षिण भारतनजिक सुस्ता पुगेको हो । ९ वर्षअघि नारायणीमा बगेर भारत पुगेका १२ वटा गैंडा फिर्ता ल्याएको थियो ।























