चितवन विशेष

तमू प्ये ल्हु संघ चितवनद्वारा तमू सञ्चारकर्मी संघ नेपालका अध्यक्ष चित्र सोल्टी न्हान्सी गुरुङ सम्मानित

०
Banner

चितवन

तमू प्ये ल्हु संघ जिल्ला कार्यसमिति चितवनले तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालका नवनिर्वाचित अध्यक्ष तथा इच्छाकामना न्युजका कार्यकारी निर्देशक चित्र सोल्टी न्हान्सी गुरुङलाई बधाई,शुभकामना तथा सम्मान गरेको छ।तमू प्ये ल्हु संघ जिल्ला कार्यसमिति चितवनको २३औँ वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रममा गुरुङलाई गुरुङ समुदायको मौलिक संस्कारअनुसार फेटा लगाई सम्मान गरिएको हो। संघले सम्मानपत्र प्रदान गर्दै गुरुङको सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेको थिए।

गुरुङ तमू (गुरुङ सञ्चारकर्मी संघ नेपालको छैटौँ अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएका हुन्। सञ्चार क्षेत्रमार्फत गुरुङ समुदायको भाषा,संस्कार,संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएका गुरुङलाई समुदायको संस्थाले सम्मान गरेको हो।

सम्मानपछि आफ्नो भनाइ राख्दै अध्यक्ष गुरुङले नयाँ जिम्मेवारीलाई अवसर र चुनौती दुवैका रूपमा लिएको बताए। उनले तमू ९गुरुङ० सञ्चारकर्मी संघलाई अझ व्यवस्थित,सक्रिय र प्रभावकारी बनाउँदै सञ्चारकर्मीहरूको हकहितसँगै गुरुङ समुदायका विषयलाई सञ्चारमाध्यममार्फत थप सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरे। उनले विगतका दिनहरूमा भएका कामलाई निरन्तरता दिँदै संघलाई अझ राम्रो र प्रभावकारी बनाउने आफ्नो प्रयास रहने बताए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>