समाचार

कालीगण्डकीको बाढीले पर्वतमा २५ घर बगे

०
Banner

काठमाडौँ, असोज ११-
कालीगण्डकी नदीमा आएको बाढीले पर्वतका विभिन्न क्षेत्रमा डुबान भएको छ। बाढीका कारण जलजला गाउँपालिका(८ मा करिब २५ घर बगेका छन्।

पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलका अनुसार २५ घर बग्नुका साथै बस्ती डुबानमा परेका छन्। अहिले पानी पर्न रोकिएको छ। प्रभावित क्षेत्रमा हिजैदेखि उद्धार कार्य जारी रहेको उनले जानकारी दिए।

उनका अनुसार, ुबाढीका कारण प्रभावित भएका स्थानीयलाई सुरक्षित स्थानमा सार्ने तथा जोखिममा रहेका क्षेत्रको अवस्था बुझ्ने काम भइरहेको छ,ु उनले थपे, ुबाढीबाट कुनै मानवीय क्षति भएको जानकारी प्राप्त भएको छैन।ु

यस्तै, बिहादी गाउँपालिका(६ स्थित सेतीबेणी पनि कालीगण्डकीको बाढीका कारण डुबानमा परेको छ। नदीको पानीको सतह बढेपछि सेतीबेणी क्षेत्रका बस्ती प्रभावित भएका हुन्।

प्रभावित क्षेत्रमा उद्धार तथा व्यवस्थापनको काम जारी रहेकाले बाढीबाट भएको क्षतिको थप विवरण संकलन भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>