देश/प्रदेश
कात्तिक १७ गते काठमाडौँका यी स्थानमा तीन घण्टा काटिनेछ बिजुली
०

काठमाडौं,कात्तिक १६-
भोलि (कात्तिक १७ गते) काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द रहने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
आज एक सूचना प्रकाशित गरी प्राधिकरणले १७ गते बिहान ५ बजेदेखि ८ बजेसम्म चाबहिल सबस्टेसनको ६६ केभी बस आइसोलेटर मर्मतसम्भार गर्नुपर्ने भएकाले उक्त सबस्टेसनबाट विद्युत् वितरण हुने चाबहिल, पशुपति, गौशाला, मित्रपार्क, जयबागेश्वरी लगायतका आसपासका सम्पूर्ण क्षेत्रहरूमा विद्युत् आपूर्ति बन्द रहने जानकारी गराएको छ।
निर्धारित समयअगावै मर्मतसम्भार कार्य सम्पन्न भएमा सोहीअनुसार विद्युत् आपूर्ति सुचारु गरिने पनि प्राधिकरणले जनाएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























