Breaking News

नारायणीको बाढीले बगाएको गैंडालाई सुस्ताबाट उद्दार गरियो

०
Banner

चितवन, असोज १३–

अविरल वर्षापछि नारायणी नदीमा आएको बाढीले बगाएको गैंडालाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले उद्दार गरेको छ ।

निकुञ्जको पश्चिम सेक्टरबाट बाढीमा बगेको एउटा अन्दाजी ४ वर्षको पोथी गैंडालाई आज सुस्ता गाउँपालिका वडा नं.४ नरसईबाट उद्दार गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक कर्मचारी, डिविजन वन कार्यालय (बर्दघाट पश्चिम), नयाँ गोरख गणका सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी संयुक्त रूपमा गैंडाको उद्दारमा खटिएको थियो । उद्दार गरिएको गैंडालाई निकुञ्जमा ल्याईदै छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>