समाचार
पाँच किलो सुनसहित दुई भारतीय पक्राउ
०

काठमाडौं, वैशाख ३१–
पाँच किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।
फ्लाई दुबईबाट आइतबार साँझ पौने ७ बजे आएका भारतीय नागरिक सुरेश कुमार र मोहन कुमार गणेशन पक्राउ परेको विमानस्थल प्रहरी कार्यालयले जनाएको छ। उनीहरुले कपडामा सुनको लेप लगाएर आएको र चेक जाँच गर्ने क्रममा समातिएका हुन्।
उनीहरुलाई अहिले गौशाला प्रहरी कार्यालयमा राखिएको र आजै थप अनुसन्धानका लागि भन्सार कार्यालयमा बुझाउने प्रहरीको तयारी छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























