समाचार

कोरियाले वन्यजन्तु क्षेत्रमा पनि नेपाली कामदार लैजाने

Banner

काठमाडौं,बैशाख २७-

दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत वन्यजन्तु क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने भएको छ । वन्यजन्तु क्षेत्रमा पनि नेपाली कामदारलाई यो वर्षको अन्त्यमा लैजाने गरी गृहकार्य भइरहेको नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क थेयङले बताए ।

‘नेपाली श्रमिकहरूले दक्षिण कोरियाको अर्थतन्त्रका लागि योगदान गरिरहेका छन्,’ दक्षिण कोरियाली दूतावासले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा राजदूत पार्कले भने, ‘नेपालबाट अहिलेसम्म ईपीएसअन्तर्गत उत्पादनमूलक, कृषि, सेवामूलक र शिक्षा क्षेत्रमा कामदार कोरिया गएका छन् ।’ दूतावासका अनुसार हालसम्म एक लाखभन्दा बढी नेपाली कोरियामा काम गरेर फर्किसकेका छन् ।

हाल ४४ हजार नेपाली कोरियामा कार्यरत रहेको दूतावासले जनाएको छ । ‘अहिले उत्पादन, कृषि, सेवा र स्वास्थ्य क्षेत्रमा काम गर्न नेपाली गएका छन् । भविष्यमा वन्यजन्तु क्षेत्रमा पनि कामदारको जग बसाल्ने व्यवस्था भएको छ,’ राजदूत पार्कले भने, ‘नेपालबाट कोरियामा रोजगार बढाउने योजना छ । १६ मुलुकबाट ईपीएस प्रणालीमार्फत गत वर्ष एक लाख लगिएकामा नेपालबाट सबैभन्दा बढी २० प्रतिशत लगिएको हो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>