समाचार

दुर्घटनाबाट बचाएर नयाँ जीवन दिएको भन्दै गायिका शान्ति श्रीले दिइन् क्याप्टेन चन्दलाई धन्यवाद

Banner

काठमाडौँ,बैशाख २५-

लोकगायिका शान्ति श्री परियारले ठूलो दुर्घटनाबाट जोगाएको भन्दै क्याप्टेन लबिस चन्दलाई धन्यवाद दिएकी छन् । सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत गायिका परियालले यति एयरलान्सका क्याप्टेन चन्दलाई धन्यवाद दिएकी हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘धन्यवाद क्याप्टेन लबिस चन्द ! प्लेनमा रहेका हामी सबैले ७५ प्रतिशत जिन्दगी छोडेका थियौँ, हजुरले आफ्नो प्रायस जारी राख्नु भो र गन्तब्यभन्दा फरक ठाउँमा अवतरण भयो तर सबैलाई नयाँ जिवन त दिनु भयो नि ।’

सोमबार काठमाडौँबाट भैरहवाका लागि उडेको यति एयरको जहाज प्रतिकूल मौसमका कारण जनकपुरमा आकस्मिक अवतरण गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>