घटना -दुर्घटना

झापामा परीक्षा दिएर घर फर्किँदै गरेकी एक विद्यार्थी आक्रमण परी घाइते

०
Banner

दमक (झापा), वैशाख २१-

झापाको दमकमा आक्रमणमा परी एक विद्यार्थी घाइते भएकी छिन् । अज्ञात व्यक्तिको आक्रमणमा परी उदयपुर घर भई हाल दमकमा बस्दै आएकी १८ वर्षीया एनिका अधिकारी घाइते भएकी हुन् ।

स्थानीय हिमालय माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट कक्षा १२ को परीक्षा दिएर घर फर्किँदै गर्दा अधिकारीमाथि मोटरसाइकलमा आएका एक व्यक्तिले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

आक्रमण गरी फरार भएका ती व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ । घाइते अधिकारीको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>