समाज

रास्वपा चितवनका संस्थापक सभापति शर्माको जापानमा मृत्यु

०
Banner

चितवन, वैशाख २१-

राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका संस्थापक सभापति एवम् बागमती प्रदेश सदस्य यम शर्माको मृत्यु भएको छ ।

जापानको एक पार्कमा शर्मा झुण्डिएको अवस्थामा फेला परेको रास्वपा चितवनका सभापति कृष्ण भुसालले जानकारी दिए ।

शर्माको मृत्युको कारण अहिलेसम्म नखुलेको उनले बताए । भुसालका अनुसार संस्थापक सभापति शर्मा जापानमा परिवारसहित बस्दै आएका थिए ।

प्रहरीले शवको पोस्टमार्टम रिपोर्ट दिइनसकेको र आफु जापानमा रहेका पार्टीका शुभेच्छुकहरुको सम्पर्कमा रहेको भुसालले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>