समाचार

दुई मन्त्री लिएर ओलाङ्चुङगोला जाँदै एमाले अध्यक्ष केपी ओली

०
Banner

काठमाडौं, चैत २९-

पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज ताप्लेजुङको ओलाङचुङगोला जाने भएका छन्।

एमाले ताप्लेजुङको पार्टी कार्यालयको भवन उद्घाटनको लागि अध्यक्ष ओली ताप्लेजुङ आज ताप्लेजुङ आउन लागेको नेकपा एमाले ताप्लेजुङका कार्यबाहक अध्यक्ष सन्तोष खतिवडाले जानकारी दिए।

ओलीसँगै उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र रक्षामन्त्री हरि उप्रेती पनि ताप्लेजुङ जाने अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।

अध्यक्ष ओलीको टोलीले निर्माणधीन तमोर करिडोरको सडकको समेत निरीक्षण गर्ने तालिका छ। ओली त्यसपछि ओलाङचुङगोला पुग्नेछन्। सामारीक महत्वको यस ठाउँमा उत्तरी सिमाना चीनको रिउबाट गोला जोड्ने मोटरबाटो आइपुगेको छ।

तमोर करिडोर मार्फत् ओलाङचुङगोला जोडिएपछि यहाँका बासिन्दालाई ओहोरदोहोर गर्न सहज भएको छ। सदरमुकाम फुङलिङबाट ६५ किलोमिटरमा रहेको ओलाङचुङगोलामा साना सवारीको ओहोरदोहोर हुन थालेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>