समाचार

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन हुँदै

०
Banner

काठमाडौँ, चैत २८-
राष्ट्रियसभाको आजको बैठकमा उपाध्यक्ष पदको निर्वाचन कार्यक्रम सुरु भएको छ । आजको बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उक्त पदमा नेपाली कांग्रेसका विष्णुदेवी पुडासैनी र नेकपा (एमाले) का विमला घिमिरेलाई निर्वाचित गरियोस् भन्ने दुई प्रस्तावको सूचना प्राप्त हुन आएको जानकारी गराउनुभयो ।

बैठकमा ती प्रस्तावका प्रस्तावक र समर्थकले मन्तव्य राखेपछि निर्वाचन हुने कार्यक्रम छ । सभाका उपाध्यक्ष उर्मीला अर्यालले राजीनामा दिएपछि सो पद रिक्त भएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>