देश/प्रदेश

पीसीएल नर्सिङको लाइसेन्स परीक्षामा ८० प्रतिशत बढी नर्स फेल

Banner

काठमाडौँ, मंसिर १०-

नेपाल नर्सिङ परिषद्ले ३४औं नर्सको नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गर्दा ८० प्रतिशतभन्दा बढी नर्स फेल भएका छन् ।

परीक्षा समितिकी प्रवक्ता सकुन्तला प्रजापतिका अनुसार स्टाफ नर्स (पीसीएल नर्सिङ) तर्फ जम्मा १९.३४ प्रतिशत परीक्षार्थी पास भएका हुन्। शनिबार लिएको लाइसेन्स परीक्षामा कुल १ हजार २७० जना सहभागी भएका थिए । जसमध्य २४६ जना अर्थात १९.३४ प्रतिशत मात्रै पास भएको उनको भनाइ हो ।

शनिबार विहान ९ देखि ११ः३० सम्म सञ्चालन भएको ३४औँ नाम दर्ता परीक्षा नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान सानोभर्याङ र बागमती कलेज सुकेधारा सेन्टरमा भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area