देश/प्रदेश

डा. केसीले स्वास्थ्यमन्त्री बस्नेतलाई पदमुक्त गर्न गरे माग

Banner

काठमाडौँ, मंसिर १०-

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई तत्काल पदमुक्त गर्न चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले माग गरेका छन् ।

आज (आइतबार) विज्ञप्ती जारी गर्दै डा. केसीले मन्त्री बस्नेतलाई ‘माफियाको नाइके’ भएको आरोप लगाएका छन् र पदमा बसिरहनु लोकतान्त्रिक मूल्य मान्यताको बर्खिलाप भएको भन्दै तत्काल पदमुक्त गर्न माग गरेका हुन् । यस्तै, मन्त्री बस्नेतले मर्यादा विपरीतका क्रियाकलाप गरि आइरहेको आरोप डा. केसीले लगाएका छन्।

डा. केसीले भने, ‘यसले के प्रमाणित गर्छ भने देउवा र प्रचण्ड जीका स्वास्थ्यमन्त्री माफियाहरुका नाइके हुन् र उनी मन्त्री पदमा रहीरहनु लोकतान्त्रिक मूल्यमान्यताको वर्खिलाफ हो । निजलाई तत्काल पदमुक्त गरियोस् ।’

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>