देश/प्रदेश

पिकनिक खाएर फर्किएको बस पल्टिदाँ ३६ जना भन्दा बढी विद्यार्थी घाइते

Banner

विराटनगर, मंसिर ९-

उदयपुरमा पिकनिक खाएर फर्किदैँ गरेको विद्यालयको बस पल्टिएको छ । त्रियुगा नगरपालिकामा रहेको अन्नपूर्ण स्कुलको बस दुर्घटना भएको हो । दुर्घटनामा ३६ जना भन्दा बढी विद्यार्थी घाइते भएका छन् । घाइते मध्य १२ जना विद्यार्थी गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा पिकनिक खाएर फर्किने क्रममा बस दुर्घटना भएको जानकारी दिए ।

घाइतेहरुलाई जिल्ला अस्पताल उदयपुरमा पुर्‍याइएको र गम्भीर अवस्थाका घाइतेहरुलाई रेफर गर्ने तयारी भइरहेको जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area