देश/प्रदेश
पशुपतिनाथ मन्दिर बनाउन भारतलाई स्वीकृति दिइएको समाचारप्रति कोषको आपत्ति

काठमाडौं, मंसिर ९-
भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिएको भन्ने समाचारप्रति पशुपति क्षेत्र विकास कोषले आपत्ति जनाएको छ । भारतीय सञ्चारमाध्यमहरूमा अब उत्तराखण्डमा पशुपतिनाथ मन्दिर बन्ने भन्ने समाचार प्रकाशन भएको भन्दै कोषले आपत्ति जनाएको हो ।
“समग्र हिन्दुहरूको मूल आस्थाको धरोहर पशुपतिनाथका विषयमा र मन्दिरको संरक्षक पशुपति क्षेत्र विकास कोषका विषयमा भारत र नेपालका केही सञ्चार माध्यमहरूमा प्रसारित तथा प्रकाशित भ्रामक समाचारप्रति कोषको ध्यानाकर्षण भएको छ,” कोषले भनेको छ, “पत्रिकाहरूमा उल्लेख भए बमोजिम भारतको उत्तराखण्ड विपिन रावतको गाउँमा पशुपतिनाथ मन्दिर बनाउन स्वीकृति, सहमति दिने सम्बन्धमा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को कुनै स्वीकृति, सहमति, निर्णय नभएको त्यस्ता सामग्रीहरू कोषको तर्फबाट उपलब्ध नगराइएको र पत्राचार गर्नेरगराउने निर्णय समेत नभएको व्यहोरा जानकारी गराइन्छ ।”




























