देश/प्रदेश
भारतबाट ल्याइएका १५ मुर्रा राँगा मध्य ७ वटा पोखरामा राखिने
०

पोखरा, मंसिर ९-
पोखरा स्थित पशु विकास केन्द्र (भेडिफारम) मा भारतबाट ल्याइएको ७ वटा मुर्रा जातका राँगा राखिने भएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यका अनुसार १५ मध्ये ७ राँगा विकास केन्द्रमा ल्याएर राखिएको हो ।
यसबाट पोखरा र यस क्षेत्रमा उच्च जात र नश्लको भैंसी पालन कृषकहरू विशेष लाभान्वित हुने मेयर आचार्यले बताए । भारतबाट बाँकेको नेपालगन्ज रुपैडिया–जमुनाहा नाका हुँदै मुर्रा राँगाहरूलाई नेपाल ल्याइएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























