देश/प्रदेश

नेपाल ट्रेड युनियन कांग्रेसले गर्‍यो भूकम्पपीडितलाई एक रुपैँया सहयोग गर्न आग्रह

०
Banner

काठमाडौँ, मंसिर ६-

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले भूकम्पपीडितलाई एक रुपैँया सहयोग गर्न आफ्ना सदस्यलाई आग्रह गरेको छ ।

युनियनका कार्यवाहक महासचिव बलदेव तामाङले एक विज्ञप्ति जारी गरी गत कात्तिक १७ गते राति जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पका पीडितलाई युनियनले स्थापना गरेको भूकम्प पीडित सहयोग कोषमा एक रुपैँया सहयोग गर्न आग्रह गर्नुभएको हो ।

कार्यवाहक महासचिव तामाङले युनियनले स्थापना गरेको राष्ट्रिय वाणिज्य बैँक नयाँ बानेश्वर शाखाको १४२०१००००४५४७००१ नम्बरको खातामा रकम जम्मा गर्न सकिने बताउनुभयो ।

नेपाल ट्रेड युनियन कांग्रेसका अनुसार हाल देशभर झण्डै पाँच लाख श्रमिक युनियनमा आवद्ध छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>