देश/प्रदेश

झण्डै दुई महिनादेखि जर्मन नागरिक सगरमाथा क्षेत्रमा बेपत्ता

०
Banner

सोलुखुम्बु, मंसिर ६-

सगरमाथा क्षेत्रमा झण्डै दुई महिनादेखि एक जर्मन नागरिक बेपत्ता भएका छन् । सोलुखुम्बुको खुम्बु क्षेत्र भ्रमणमा आएका एक जर्मन पुरुष गत असोज १७ गतेदेखि बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार असोज १७ गते एक्लै काठमाडौँबाट लुक्ला ओर्लिएका ७६ वर्षीय गम बेपत्ता भएका हुन् । बेपत्ताको खोजी भइरहे पनि अहिलेसम्म अवस्था पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।

गोक्यो क्षेत्र पुगेका गमले त्यहाँबाट परिवारलाई समेत तस्बिर खिचेर पठाएको दूतावासले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>