देश/प्रदेश
चार दिनदेखि बेपत्ता पत्रकार धादिङमा मृत फेला
०

धादिङ, मंसिर ४-
धादिङको कृष्णभीरमा एक जनाको शव भेटिएको छ । धादिङको कृष्णभीरमा शुक्रबारदेखि सम्पर्कविहीन भएका पत्रकार पत्रकार प्रकाश ढकालको शव भेटिएको प्रहरीले जानकारी दिएको हो ।
लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष गीता थापा, प्रहरी र पत्रकारसहितको टोलीले आज उनको शव कृष्णभीरको मुनि खोल्सामा अड्किरहेको अवस्थामा शव फेला पारेको थियो।
विगत सात वर्षदेखि लालीगुराँस डट कममा मनोरञ्जन संवाददाताका रुपमा कार्यरत रहेका उनी तिहारको बिदामा स्याङ्जाको चापाकोटस्थित आफ्नो घर गएका थिए । भाइटीका मनाएर बिहीबार उनी घरबाट हिँडेका थिए । तर, शुक्रबार १ बजेदेखि उनी सम्पर्कविहीन भए । त्यसपछि उनको खोजबिन सुरु भएको थियो । तस्बिरः कमल सरगम
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>